+
+

स्वदेशी आलु–प्याजमा पनि भ्याट लागेकाले हटायौं : अर्थमन्त्री पुन

आयातीत आलु–प्याजमा भन्सार विन्दुमा नै १० प्रतिशत कर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १५:४९

२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् ।

आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१/८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए ।

उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको दाबी गर्दै यसलाई हटाउँदा स्वदेशी उत्पादन निरुत्साहित हुने जिकिर गरेका थिए ।

तर अर्थमन्त्री पुनले भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्र भ्याट लगाउन प्रशासनिक रुपमा नमिल्ने हुनाले स्वदेशी आलु, प्याज र स्याउमा पनि भ्याट लागेकाले हटाएको बताए ।

‘गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफुलमा मूल्य अभिवृद्धि कर लगाइकामा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभविृद्धि कर लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाई आयातमा अग्रिम आयकर लगाउने व्यवस्था गरिएको हो’, उनले भने ।

मन्त्री पुनका अनुसार अब विदेशबाट आयात हुने आलु, प्याज र स्याउमा भन्सार विन्दुमा १० प्रतिशत अग्रिम आयकर लाग्नेछ । स्वदेशी आलु, प्याज र स्याउमा भने कर लाग्ने छैन । यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन नै पुग्ने उनको भनाइ छ ।

‘आयातीत आइटममा भन्सार विन्दुमा नै १० प्रतिशत अग्रिम आयकर लिएपछि आयातीत आइटम स्वतः महंगो हुन्छ र हाम्रो बजार संरक्षित हुन्छ’, अर्थमन्त्री पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?