+
+

प्रदीप खड्का स्टारर ‘प्रकाश’ ओटीटीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते १५:५३

काठमाडौं । दिनेश राउत निर्देशित सोसल-ड्रामा फिल्म ‘प्रकाश’ ओटीटीमा रिलिज भएको छ । राउत निर्देशित फिल्म ‘पुजार सार्की’ हलमा चलिरहँदा उनको अघिल्लो फिल्म ‘भिडियो पसल’मा स्ट्रिमिङ भएको हो ।

प्रदीप खड्का र दीया मास्केको प्रमुख भूमिका रहेको यो फिल्मले जुम्लाको विपन्न युवकले सरकारी शिक्षकको जागिर पाउन गरेको संघर्षको कथा पेश गर्छ । सरकारी जागिरे बन्ने उसको सपनामा कसरी राजनीति बाधक हुन्छ भन्ने कथावस्तु यसमा छ ।

यो फिल्मबाट राउतले सोही वर्ष निर्देशन विधामा राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए । यो फिल्मबाटै अभिनेता खड्काले आर्टहाउस फिल्ममा अभिनय यात्रा थालेका थए । फिल्मले समीक्षात्मकरुपमा पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यो फिल्ममा रेणु योगी, प्रकाश घिमिरे लगायतको पनि अभिनय छ । विदेशमा अभिनेता खड्काको क्रेज राम्रो रहेको र धेरैले उनको फरक अभिनय हेर्न चाहेकोले पनि फिल्मलाई ओटीटीमा रिलिज गरेको उक्त ओटीटी प्लाटफर्मले जनाएको छ ।

भिडियो पसल ओटीटीमा यसअघि ‘एक भगवत् एक गीता’, ‘ऐंचो पैंचो’, ’छक्कापञ्जा ४’, ’झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्म स्ट्रिमिङ भरहेका छन् । कथानकसँगै छोटा फिल्म पनि उपलब्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?