+

टी-२० विश्वकपमा पहिलो जितको खोजीमा पीएनजी र युगान्डा

२०८१ जेठ  २३ गते २०:०४ २०८१ जेठ २३ गते २०:०४
टी-२० विश्वकपमा पहिलो जितको खोजीमा पीएनजी र युगान्डा

२३ जेठ, काठमाडौं। अमेरिका र वेष्ट इन्डिजमा भइरहेको नवौँ संस्करणको आईसीसी टी-२० विश्वकपमा डेब्यू गर्ने तीन मध्ये एक टोली हो युगान्डा । अनी पपुवा न्यु गिनी (पीएनजी) दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । यी दुई टोलीबीच एक समानता भने छ । दुवैले अहिलेसम्म टी-२० मा विश्वकपमा कुनै खेल जित्न सकेका छैनन् ।

पीएनजीले २०२१ मा खेलेका ३ र यस संस्करण १ गरी ४ खेलमा हार बेहोरेको छ । युगान्डा भने टी-२० विश्वकपमा डेब्यू गरिरहेको छ र डेब्यू खेलमा अफगानिस्तानसँग पराजित भयो ।

समूह सीअन्तर्गत बिहीबार बिहान यी दुई टोलीबीच खेल हुँदैछ र दुवैको लक्ष्य टी-२० विश्वकपमा पहिलो जित निकाल्नु हुनेछ । पीएनी र युगान्डा गाएनास्थित प्रोभिडेन्स स्टेडियममा नेपाली समय अनुसार बहान सवा ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भइसकेका दुवै टोली टी-२० विश्वकपमा पहिलो खेल जित्दै इतिहास रच्ने दाउमा हुनेछ  । दुवैका लागि अंक जोड्ने यो नै राम्रो अवसर समेत हुनेछ । किनभने यस समूहमा यी दुईसँगै वेष्ट इन्डिज, न्युजिल्याण्ड र अफगानिस्तान पनि छन् ।

सन् २०२१ मा टी-२० विश्वकपमा डेब्यु गर्दा पीएनजीले सबै ३ खेलमा हार बेहोरेको थियो । यस संस्करणमा सहआयोजक वेष्ट इन्डिजसँग पहिलो खेलमा राम्रो प्रदर्शन गरेपनि अप्रत्यासित नतिजा निकाल्न सकेन ।

अर्कोतर्फ युगान्डाको विश्वकप यात्रा पनि रोमाञ्चक थियो । अफ्रिकन रिजन क्वालिफायरमा टेष्ट नेसन जिम्बाव्वेलाई हराएर युगान्डाले टी-२० विश्वकपमा स्थान बनाएको थियो ।

डेब्यू खेलमा अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछ्याएको युगान्डा ५८ रनमै अलआउछ भयो । युगान्डाले सन् २०१९ मा टी-२०आई मान्यता पाएपछि ९२ खेल खेलेको छ ।

सम्भावित टिम र खेलाडी

पीएनजी र युगान्डा भिड्दा दुवै टोलीका केही खेलाडीमा नजर हुनेछ ।

पीएनजीका प्रोफिलिक ब्याटर सेसे बाउले पहिलो खेलमा वेष्ट इन्डिज विरुद्ध अर्धशतक बनाएका थिए । ३४ रनमै ३ विकेट गुमाएको अवसथ्मा बाउले महत्वपूर्ण इनिङ्स खेलेका थिए । जसले गर्दा पीएनजीले १३६ रन बनाएको थियो ।

सेस बाउले पीएनजीका लागि टी-२०आईमा  ४५ खेलमा ९४१ ।न बनाएका छन् । युगान्डाका रोजर मुकासा टप अर्डर ब्याटर हुन् । उनले युगान्डाका लागि ५६ टी-२०आई खेल खेलेका छन् र १२१.३९ को औषतमा १ हजार १८६ रन बनाएका छन्  ।

३५ वर्षीय मुकासा युगान्डाका लागि टी-२०आईमा दोस्रो धेरै रन बनाउने खेलाडी हुन् । पहिलो खेलमा उनी अफगानिस्ता विरुद्ध खाता नखोली आउट भएका थिए । तर उनको प्रदर्शन युगान्डाका लागि महत्वपूर्ण हुनेछ ।

उनले वार्म अफ खेलमा नामिबिया विरुद्ध ४१ बलमा ५१ रन बनाएका थिए । उनी युगान्डाका लागि वान डाउनमा ब्याटिङ गर्छन् ।

पीएनजीका लागि टी-२०आईमा लिडिङ विकेटटेकरको रुपमा रहेका नर्मन भानु पहिलो खेलमा खेलेन् । उनले पेस अट्याकलाई लिड गर्ने अनुमान थियो । अब दोस्रो खेलमा उनले खेल्ने नखेल्ने पक्का छैन । त्यसैले पीएनजीले पहिलो खेलमै खेलेको टिमलाई नै निरन्तरा दिने सम्भावना छ ।

उता युगान्डाले पहिलो खेलमा अनुभवी टोली नै मैदान उतारेको थियो । जहाँ ७ बलिङ अप्सन थियो । तीन स्पीनर र चार पेस बलिङको विकल्प थियो ।

पीएनजी र युगान्डाबीच सन् २०२२मा एक पटक खेलमा भएको थियो । उक्त खेलमा पीएनजी ८ विकेटले विजयी भएको थियो ।

पीएनजीका सेसे बाउ टी-२०आईमा एक हजार रन पूरा गर्नबाट ५९ रनले मात्र पछि छन् । यस्तै सिमोन सेसाई युगान्डाका लागि टी-२०आईमा दुई हजार रन पूरा गर्ने एक मात्र ब्याटर हुन् ।

पीएसजीका विशेषज्ञ प्रशिक्षक पिल सिमोन्सले विश्वकपमा पुगेर खेललाई माया गर्न र रमाउनु नै उत्कृष्ट क्षण रहेको बताएका छन् । उता युगान्डाका प्रशिक्षक अभय शर्माले युगान्डा पहिलो पटक टी-२० विश्वकप खेलिरहेकोले यसको अनुभव लिने केही समय लाग्ने बताएका छन् ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय