+
+

भारतलाई आयरल्यान्डको ९७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २३ गते २१:५७

२३ जेठ, अमेरिका – आयरल्यान्डले आईसीसी टी-२० विश्वकप २०२४ मा भारतलाई ९७ रनको सामान्य लक्ष्य दिएको छ । न्यू योर्कमा रहेको नासाउ रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याड १६ ओभरमा ९६ रनमा अल आउट भयो ।

आयरल्यान्डका ग्यारेथ डेलानीले १४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २६ रनमा आउट भए । उनी फ्रिहिटमा रन आउट भएका थिए । अन्य कुनैपनि आयरल्यान्डका ब्याटरले भारतको तीव्र गतिको बलिङ आक्रामण सामु राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर अर्शदीप सिंहले ओपनर पल स्टर्लिङलाई २ र एन्ड्रयू बालबर्नीलाई ५ रनमा आउट गरेका थिए । दुबै ओपनर आउट हुँदा आयरल्यान्ड ३ ओभरमा ९-२ को अवस्थामा थियो । त्यसपछि हार्दिक पाड्याले लोर्कन टकरलाई १० रनमा बोल्ड आउट गरे । लेन्थ बल मिस भएपछि बोल्ड भएका उनले १३ बलमा २ चौका प्रहार गरे । त्यो समय आयरल्यान्ड६.५ ओभरमा २८-३ को अवस्थामा थियो ।

तेस्रो विकेटका लागि ह्यारी टेक्टर र लोर्कान टकरले २३ बलमा  १९ रनको साझेदारी गरे । त्यसपछि जर्ज डोकरेल र मार्क आदिर ३-३ रनमा आउट भए । कर्टिस क्याम्फर ८ बलमा १ चौका र १ छक्कासहित १२ रनमा आउट भए । एक समय ११.२ ओभरमा ५०-८ को अवस्थामा पुगेको आयरल्यान्डलाई नवौं विकेटका लागि लिटिल र डेलानीबीचको २७ रनको साझेदारी गरेका थिए ।

लिटिल १३ बलमा २ चौका प्रहार गर्दै १४ रनमा आउट भए । ब्याटिङका गर्न कठिन पिचमा भारतीय बलरले भरपूर्ण फाइदा उठाए । भारतका हार्दिक पान्ड्याले ३, अर्शदीप सिंह र जस्प्रित बुमराहले २-२ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले १-१ विकेट लिए ।

 

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?