+
+

अमेरिकी डलर घट्यो, यस्तो छ रियाल, रिंगिट र दिरामको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते ९:३७

२४ जेठ, काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ २६ पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७० पैसा तोकेको छ । सर्वसाधारणले डलर खरिद गर्दा यहीं मूल्य तिर्ने हो ।

अघिल्लो दिन १३३ रुपैयाँ ९६ पैसा थियो । त्यस्तै बैंकले डलरको खरिददर मूल्य १३३ रुपैयाँ १० पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् ।

बैंकले साउदी अरबको १ रियाल खरिददर भाउ ३५ रुपैयाँ ४९ पैसा तोकेको छ भने बिक्रीदर भाउ ३५ रुपैयाँ ६५ पैसा छ । त्यस्तै कतारी १ रियालको खरिददर भाउ ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर मूल्य ३६ रुपैयाँ ६७ पैसा तोकेको छ ।

यूएई दिरामको खरिददर मूल्य ३६ रुपैयाँ २४ पैसा तथा बिक्रीदर मूल्य ३६ रुपैयाँ ४० पैसा तोकिएको छ । राष्ट्र बैंकले १ मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर मूल्य २८ रुपैयाँ ४६ पैसा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?