![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/Prakashman-Singh.jpg)
२४ जेठ, काठमाडौं । भारतको नयाँदिल्लीमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।
मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा उनी नयाँदिल्ली गएका थिए । उनले सुरुमा बीर अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए । पछि मेडिसिटी अस्पताल हुँदै उनी नयाँदिल्लीको गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उपचारका लागि पुगेका थिए ।
२१ गते उनको अप्रेसन गरिएको र स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भइरहेको नयाँदिल्लीमा रहेका प्रकाशमानका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
सम्भवतः एक–दुई दिनमा डिस्चार्ज हुनुहुन्छ,’ लामिछानेले भने । डिस्चार्ज भएपछि पनि फलोअपको काम सकेर मात्र नेपाल फर्किने तयारी भइरहेको उनले बताए ।
प्रकाशमानको साथमा श्रीमती र छोराहरु पनि दिल्लीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4