+
+

गृहमन्त्रीलाई कांग्रेस महामन्त्रीको चुनौती : गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न सक्नुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १२:३९

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न नसक्ने बताएका छन् । सक्ने भए खोलेर देखाउन शर्माले चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भन्नुभयो । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरीबन्धु टी–इस्टेटको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ?’

गिरीबन्धु टी–इस्टेटको फाइल खोलिनेमा आफू विश्वस्त नरहेको उनले बताए ।

‘गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न होइन बोल्न पनि उहाँ (गृहमन्त्री लामिछाने) सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षा मन्त्री उपरको शब्द फिर्ता लिनुस् भनेर दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?