+
+

विश्वकपमा ओमोडाको घोषणा : नेपालीको जति रन, त्यति वृक्षरोपण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १३:००

काठमाडौं । नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप’ मा नेपाली क्रिकेटरले बनाउने रन बराबर नै बिरुवा रोप्ने घोषणा गरेको छ ।

‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ भन्ने मूल नारासहितको वातावरणीय योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमामा ओमोडाले रुख रोप्नेछ ।

यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’ मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’ मा १० रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् ।

यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको नेपालका लागि ओमाडा ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले बताए ।

यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको उनले बताए ।

‘विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नुका साथै जलवायु परिवर्तन विरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्‍याउँछ,’ उनले भने ।

यस अभियानले सस्टेनेबल मोबिलिटी (दिगो गतिशीलता) लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?