+
+

कस्तो होला शुक्रबार रिलिज हुन लागेका ५ फिल्मको ओपनिङ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १३:३३

काठमाडौं । भोलि रिलिज तयारीमा रहेका पाँचवटै नयाँ फिल्मको एड्भान्स टिकट बिक्री १० प्रतिशत (बिहीबार दिउँसो १ बजेसम्म) भन्दा तल छ । यसको संकेत हो– दर्शक फिल्म रिभ्युको पर्खाइमा छन् ।

शुक्रबार तीन विदेशीसहित दुई घरेलु फिल्म प्रदर्शन हुँदैछन् । नेपाली फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ रिलिज हुँदैछन् भने जापानको ‘हाइक्यू : डम्प्सटर ब्याटल’, भारतको ‘मुन्ज्या’ र विल स्मिथ स्टारर हलिउडको प्रतीक्षित ‘ब्याड ब्यायज : राइड अर डाइ’ छन् ।

नवीन सुब्बा निर्देशित र दयाहाङ राईको शीर्ष भूमिका रहेको ‘गाउँ आएको बाटो’को ओपनिङ यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । दयाहाङका पछिल्ला फिल्मको व्यावसायिक नतिजा हेर्दा यो फिल्म चल्नैपर्ने दबाब उनीसामु छ ।

दयाहाङका हालैका फिल्मको अकुपेन्सी ट्रेन्ड हेर्दा बिहानीभन्दा अपरान्ह र बेलुकीका शोमा अकुपेन्सी बढ्नसक्छ । ‘वर्ड अफ माउथ’ बलियो आएको खण्डमा पहिलो सप्ताहन्त यो फिल्मको ओपनिङ उत्साहजनक हुने कुरामा दुईमत छैन ।

आर्टहाउस र सोसल-ड्रामा फिल्मको कमाइ ओपनिङ भन्दा पनि सकारात्मक समीक्षाको आधारमा क्रमशः वृद्धि हुने हो । यो ट्रेन्डलाई ‘गाउँ आएको बाटो’ले पछ्याउन सक्नुपर्ने हुन्छ ।

‘गाउँ आएको बाटो’को मुख्य चुनौती भनेको फिल्मले पाएको उत्साहजनक शो संख्यालाई कसरी अकुपेन्सीमा रुपान्तरण गर्ने भन्ने हो । दयाहाङका अघिल्ला फिल्मले पूर्वी नेपालका सहरमा उत्कृष्ट कमाइ गरेका छन् । के यो फिल्मले त्यो प्रवृत्तिलाई पछ्याउला ?

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’ले पनि सुखद शो प्राप्त गरेको छ । तर शोलाई अकुपेन्सीमा बदल्नु मुख्य चुनौती हो । यो फिल्मको एड्भान्स टिकट बिक्री पनि १० प्रतिशतभन्दा न्यून छ ।

घनश्याम लामिछाने निर्देशित फिल्मको व्यावसायिक भविष्यको दिशानिर्देश यसको ओपनिङले केही हदसम्म तय गर्नेछ ।

विदेशी फिल्मको कुरा गर्दा नेपालमा हलिउड स्टार विल स्मिथका अघिल्ला फिल्म चलेका पनि हुन् । ‘ब्याड ब्वाय’बाट उनी कमब्याक गर्दैछन् । तर पछिल्लो समय उनको स्टारडम ओरालो लागेको अवस्था छ । यस्तोमा यो एक्सन फिल्म रिलिज हुँदैछ ।

‘ब्याड ब्वाय’ले सहरी क्षेत्रका सीमित मल्टिप्लेक्समा पहिलो सप्ताहन्त राहतपूर्ण कमाइ गर्नसक्ने अनुमान छ । जापानी फिल्म ‘हाइक्यू’ सीमित हल र फ्यानबीच प्रदर्शन हुनेछ ।

‘पुजार सार्की’ र ‘फर्की फर्की’को शो संख्या पनि उल्लेख्य घटेको छैन । तेस्रो सप्ताहन्तमा पनि यी दुई फिल्मले सीमित अकुपेन्सी र हल अकुपाइड गर्ने पक्का छ । यस्तोमा शुक्रबार र शनिबार दर्शकीय रुचि एउटै फिल्ममा भन्दा धेरै फिल्मतर्फ विभाजन हुनसक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?