+
+

राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरौं : सांसद डाँगी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १४:१२

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई आग्रह गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेट नहुँदा नहुँदै राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगर्न आग्रह गरेकी हुन् ।

राष्ट्रिय गौरवका आयोजना पनि राजनीतिक लाभ हेरेर हचुवामा घोषणा हुने गरेको भन्दै त्यस्ता योजना वर्षौंसम्म बेबारिसे देखिएको बताइन् ।

‘हामीसँग राष्ट्रिय गौरवका आयोजना धेरै छन्, तर सामाजिक आर्थिक मूल्यांकन नगरिएका आयोजना मात्र । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजना घोषणा गरिदिन्छौं । स्रोतको सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास सिर्जना हुन थालेको छ’, उनले भनिन् ।

सांसद डाँगीले प्रधानमन्त्री र मन्त्रीको चाहनामा मात्र राष्ट्रिय गौरवका आयोजना घोषणा गर्न नहुने बताइन् । ‘राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीका व्यक्तिगत इच्छामा वा चाहनामा नभई एउटा कंक्रिट मापदण्डका आधारमा छनोट गरियोस्’, उनले भनिन् ।

स्रोतको सुनिश्चितता बिना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकका लागि धोका भएको भन्दै सांसद डाँगीले यस्तो प्रवृत्ति यसै वर्षदेखि अन्त्य गरिनुपर्ने बताइन् ।

संघ, प्रदेश र स्थानीय तहसम्म हाम्रो बजेटको ठूलो हिस्सा भ्यूटावर, स्वागत गेट र कंक्रिटका प्रतिमामा खर्च भइरहेको भन्दै उनले विकासको यो भाष्य नै बदल्नुपर्ने धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?