+
+

मध्यपुर थिमीमा शनिबार दोस्रो ‘वः’ महोत्सव हुने   

रासस रासस
२०८१ जेठ २४ गते १६:३३

२४ जेठ, भक्तपुर । मध्यपुर थिमीमा पर्यटन प्रवर्द्धनका साथै नेवारी परिकारको संरक्षण गर्ने उद्देश्यले दोस्रो वः (बारा) महोत्सव आयोजना हुने भएको छ ।

मध्यपुर थिमी नगदेशमा शानिबारदेखि आयोजना हुने उक्त महोत्सव तथा ग्रीन एग्रो एक्स्पो–२०२४ को सम्पूर्ण तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

मध्यपुर पर्यटन विकास समितिले आयोजना गर्ने महोत्सव तथा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताए ।

नेवार समुदायका विभिन्न परिकार र खानाको स्वाद, ग्रीन भेजिटेबल प्रदर्शन एवं विभिन्न खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिनुका साथै मध्यपुर थिमीमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको उनले जानकारी दिए ।

मध्यपुरका विभिन्न पर्यटकीय कला–संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार, बस्ती र स्मारक क्षेत्र पर्यटकलाई घुमाउने, महोत्सवमा १० प्रकारका वः को प्रदर्शनी एवं बिक्री गरिने, अन्य विभिन्न नेवारी परिकार र हरिया तरकारीको प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै कोरियन तरकारीको प्रदर्शन गरिने, गाँजरलगायत विभिन्न तरकारीबाट उत्पादित वाइनका साथै स्थानीयस्तरमा उत्पादित सामग्रीसहितका ५० भन्दा बढी ‘स्टल’ राखिने अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्वसका लागि मध्यपुर थिमी नगरपालिकाको छ लाख र आयोजकको लागत सहभागिता एवं विभिन्न निकायको दुई लाख गरी आठ लाख खर्च हुने अनुमान गरिएको समितिका उपाध्यक्ष कविदास श्रेष्ठले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?