
२४ जेठ, काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार पुर्विया थाना कवास पोष्ट गुडी–१४ का ३० वर्षीय एमडी साहेवजान छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले २.८ ग्राम लागूऔषध र २० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
उनलाई खाँदबारी नगरपालिका–१ टुडिखेल बसपार्कबाट बुधबार पक्राउ गरिएको संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले बताए ।
उनी लागूऔषध कारोबारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4