
२४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ ।
आइतबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बिहीबारको प्रदेश सभा बैठकले पारित गरेको हो ।
नीति तथा कार्यक्रम माथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले निणयार्थ पेस गरेको थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेस सहितको मौनताकाबीच सभामुख भण्डारीले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।
पारित हुनअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मेघराज खड्कासहित सत्तारुढ दलका ११ गरेर १२ जनाले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए ।
सो क्रममा खड्काले नीति तथा कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता दिएर आएको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए भने सत्तारुढ गठबन्धनका सांसदले समर्थन गरेका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभा सदस्यहरूको सुझावलाई आत्मसात् गर्दै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4