+
+

भारतीय सेयर बजारमा इतिहासकै ठूलो घोटाला, छानबिन होस् : राहुल गान्धी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते १९:३३
फाइल तस्वीर

२४ जेठ, एजेन्सी । भारतीय कांग्रेस नेता राहुल गान्धीले मंगलबारको सेयर बजार घोटालामा तत्कालीन सरकारकै भूमिका रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सिथारमणले बारम्बार सेयर बजारमा लगानी गर्न भनेको बताउँदै उनले छानबिनको माग गरेका छन् ।

‘मैले नोट गरेको छु, चुनावअघि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले स्टक मार्केट उच्च गतिले बढ्ने दाबी गर्दै लगानीका लागि आग्रह गरेका थिए,’ गान्धीले भने, ‘सरकारकै कारण सेयर बजारबाट लाखौं जनताले ३० लाख करोड नोक्सानी बेहोरेका छन् ।’

४ जुनभन्दा पहिले नै सेयर खरिद गर्न भनेर मिडियामार्फत झुटो एक्जिट पोल निकालेर बजारलाई प्रभाव पारिएको गान्धीले आरोप लगाए ।

‘स्टक मार्केटले ३ जुन (सोमबार) सबै रेकर्ड तोड्यो, ४ जुन (मंगलबार) क्र्यास भयो, यहाँ ठूलो घोटाला भएको छ,’ गान्धीले भने ।

लगानीकर्ताले एकै दिन बजारबाट ३० लाख करोड भारु गुमाएको भन्दै उनले भारतीय सेयर बजारमा यो इतिहासकै ठूलो नोक्सानी रहेको बताए ।

गान्धीले यही विषय लिएर केही प्रश्न उठाएका छन् । उनको पहिलो प्रश्न छ– ‘प्रधानमन्त्री र गृहमन्त्री आफंैले जनतालाई स्टक मार्केटमा लगानीका लागि किन सल्लाह दिए ?’

प्रधानमन्त्री र गृहमन्त्री दुवैको अन्तर्वार्ता व्यवसायी गौतम अडानीको टेलिभिजन च्यानल एनडीटीभीमा दिएको, अडानीसँग मोदीको सम्बन्धबारे छानबिन गर्नुपर्ने उनको माग छ ।

भारतीय जनता पार्टीलाई बहुमत नआउने कुरा पहिले नै थाहा भएको उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?