+

युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा

२०८१ जेठ  २५ गते ८:१२ २०८१ जेठ २५ गते ८:१२
युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा

२५ जेठ, काठमाडौं । जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी मगुएर, ज्याक ग्रेलिस, जेम्स म्याडिसन जस्ता खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

यसअघि ३३ सदस्यीय प्रारम्भिक टोलीबाट साउथगेटले ७ खेलाडीलाई बाहिर राखेका छन् ।

गोलकिपर जेम्स ट्राफोर्ड, डिफेण्डर जराड ब्रान्थवेट, जरेल क्वान्साह र  ह्यारी मागुइरे, मिडफिल्डर कर्टिस जोन्स तथा फरवार्डद्वय  ज्याक ग्रेलिस र जेम्स म्याडिसनले अन्तिम टोलीमा सथ्न बनाउन सकेनन् ।

युरो २०२४ का लागि इंग्ल्याण्डको टोली

गोलकिपर: डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन), आरोन राम्सडेल (आर्सनल)।

डिफेन्डर: लेविस डंक (ब्राइटन), जो गोमेज (लिभरपुल), मार्क गुएही (क्रिस्टल प्यालेस), एजरी कोन्सा (एस्टन भिल्ला), ल्यूक श (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियर (न्यूकासल), काइल वाल्कर (म्यानचेस्टर सिटी)

मिडफिल्डर: ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल), कोनोर गालाघर (चेल्सी), कोबी माइनू (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल), एडम व्हार्टन (क्रिस्टल प्यालेस)।

फरवार्ड: जुड बेलिङ्घम (रियल म्याड्रिड), जारोड बोवेन (वेस्ट ह्याम), एबेरेची इजे (क्रिस्टल प्यालेस), फिल फोडेन (म्यानचेस्टर सिटी), एन्थोनी गोर्डन (न्यूकासल), ह्यारी केन (बायर्न म्युनिख), कोल पाल्मर (चेल्सी), बुकायो साका (आर्सनल), इभान टोनी (ब्रेन्टफोर्ड), ओली वाटकिन्स (एस्टन भिल्ला)

इंग्ल्याण्ड फुटबल टोली युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय