+

टी–२० क्रिकेटको स्वर्ग : ट्रिनिडाड एन्ड टोबागो

२०८१ जेठ  २५ गते ८:२९ २०८१ जेठ २५ गते ८:२९
टी–२० क्रिकेटको स्वर्ग : ट्रिनिडाड एन्ड टोबागो

२५ जेठ, काठमाडौं । अहिलेसम्म चार खेलाडीले टी–२० त्रिकेटमा ५ सयभन्दा बढी खेल खेलेका छन् । त्यसमध्ये ३ खेलाडी एउटै देशबाट छन् । यसै देशबाट तीन खेलाडी सबैभन्दा बढी विकेट लिने सूचीमा छन् ।

क्रिकेटको यो कान्छो ढाँचामा सबैभन्दा बढी रन बनाउने सूचीको तेस्रो स्थानमा यही देशको खेलाडी छ । अझ २ पल्ट टी–२० विश्वकप जित्ने आठ खेलाडीमध्ये तीन जना यसै देशबाट छन् । यो देश त टी–२० क्रिकेटका लागि त स्वर्ग नै भयो ।

हामीले चर्चा गरेको यो देश न त भारत हो, न त अस्ट्रेलिया । पाकिस्तान पनि होइन । इंग्ल्यान्ड पनि होइन । हामी कुरा गरिरहेका छौं, ट्रिनिडाड एन्ड टोबागोको । यो देशको जनसंख्या खाली १५ लाख छ । क्षेत्रफल पनि ५ हजार वर्ग किलो मिटरभन्दा केही बढी ।

ड्वायन ब्राभो, किरोन पोलार्ड र सुनिल नारान । यी तीनै खेलाडी टी–ट्वान्टी क्रिकेटका ‘ट्र्यु लेजेन्ड’ हुन् । उनीहरूको खेलले धेरे हदसम्म टी–ट्वान्टी क्रिकेटले अहिलेको स्वरूप लिएको छ ।

उनीहरू सबै सन् १९८३ देखि १९८८ बीच जन्मे, भौगोलिक रूपमा २० माइलको दूरीमा । डरेन गंगा वेस्ट इन्डिज टिमका पूर्व कप्तान हुन् । उनी पनि ट्रिनिडाड एन्ड टोबागोकै हुन् । उनी भन्छन्, ‘साँच्चै, टी–ट्वान्टी क्रिकेटका लागि यो देश स्वर्ग नै हो ।’

ब्राभोसँगै स्यामुएल बद्री र देनेश रामदीनले वेस्ट इन्डिजका लागि २/२ पल्ट टी–ट्वान्टी विश्वकपको उपाधि जिते । पोलार्ड र नारानसँगै रवि रामपाल र लेन्डल सिमोन्सले एकपल्ट टी–२० विश्वकप जिते ।

अब भनिरहनु पर्दैन्, उनीहरू पनि यही ट्रिनिडडा एन्ड टोबागेका हुन् । अहिले अमेरिकासँगै वेस्ट इन्डिजमा टी–ट्वान्टी विश्वकपको नवौं संस्करण चलिरहेको छ । क्रिकेट राम्रोसँग बुझ्नेलाई के पनि राम्रोसँग थाहा छ भने वेस्ट इन्डिज कुनै एक खास देश होइन ।

बरू क्यारेबियन क्षेक्रका देशहरूको समूह हो, जसले सँगै मिलेर त्रिकेट खेल्छ । अनि अंग्रेजी भाषा बोल्छ । यसमा एन्टिगुवा, बारबाडोज, गुएना, जमैमाका र ट्रिनिडिड एन्ड टोबागो प्रमुख छन् ।

अहिलेको पुस्ताका खेलाडीमध्ये चारैतर्फ निकोलस पुरनाको नाम खुबै चर्चामा छ । जहाँ जहाँ फ्रेन्चाइज क्रिकेट हुन्छ, त्यहाँ त्यहाँ उनी पुग्छन् । यसमा इन्डियन प्रिमियर लिग (आईपीएल) पनि पर्छ । उनी अहिले टी–२० विश्वकप खेलिरहेको वेस्ट इन्डिज टिमका एक प्रमुख सदस्य हुन् ।

सँगै एकेल हुसेन पनि छन्, यो देशबाट । तिनै बद्री भन्छन्, ‘एउटा भौगोलिक रूपमा सानो देशले यति धेरै एकसेएक खेलाडी कसरी उत्पादन गरेको छ, त्यो आफैमा आश्चर्यजनक छ ।’

टी–२० त्रिकेटको जन्म भएको पनि धेरै भएको छैन् । सन् २००३ तिरै मात्र हो । टेस्ट र वान डेपछि यो नै विश्व क्रिकेटको नवीनत्तम ढाँचा हो । सुरुको वर्षमा इंग्ल्यान्डका काउन्टी टिमले टी–२० क्रिकेट खेले ।

सन् २००४ तिर वेस्ट इन्डिजमा यो त्रिकेटको स्वरूप पुग्यो । अनि यतैका खेलाडीले यो स्वरूपमा महारथ प्राप्त गरे । टेस्ट क्रिकेटमा केही वर्ष अगाडिसम्म पनि राम्रै वर्चश्व थियो । अब त्यो रहेन । वान डे क्रिकेटमा पनि वेस्ट इन्डिज महाशक्ति थियो ।

अब त्यो पनि रहेन । तर यही कुरा टी–२० क्रिकेटमा लागू हुन्न । भलै वेस्ट इन्डिज भारतमा भएको पछिल्लो वान डे विश्वकपमा छनोट भएन । तर टी–२० क्रिकेटको विश्वकप हुनु पर्छ, वेस्ट इन्डिज उक्तिकै बलियो शक्ति रहेको छ । यसका लागि वेस्ट इन्डिजले ट्रिनिडाड एन्ड टोबागोलाई जस दिनै पर्छ ।

वेस्ट इन्डिजको घरेलु क्रिकेटमा आँखा लगाउने हो भने टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा बढी सफल टिम ट्रिनिडाड एन्ड टोबागो नै हो ।

समग्र विश्व क्रिकेटकै सर्वकालीन महान खेलाडीको सूची बनाउने हो भने त्यसमा ब्रायन लाराको नाम आउने छ नै । उनी पनि यसै देशका हुन् । बद्री के पनि मान्छन् झने टी–ट्वान्टी क्रिकेट खुबै आत्रामक भएर खेलिन्छ ।

यसमा खेल्ने शैली यही भन्ने हुन्छ, यो त खुल्ला र जस्तै प्रकारको पनि हुन सक्छ । यो सबै तथ्य ट्रिनिडाड एन्ड टोबागोका खेलाडीलाई खुबै सुहाउँछ । ‘सायद यो देशको पानी नै टी–२० क्रिकेटका लागि सुहाउँछ कि ?’ बद्री भावनात्मक हुन्छन् ।

अब एउटा अर्को सूची हेरौं, टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा बढी उपाधि जित्ने छ खेलाडीको सूचीमा चार वेस्ट इन्डिजकै छन् । अनि यसमा पनि ३ जना ट्रिनिडाड एन्ड टोबागोका । ब्रोभाले १७, पोलार्डले १६ र नारानले ११ टी–ट्वान्टी उपाधि जितेका छन् । यसबीच पाकिस्तानका सोएब मलिकले १५ उपाधि हात पारेका छन् । पाँचौंमा आन्द्रे रसेल छन् । उनले १० उपाधि जितेका छन् । उनी भए जमैकाका । भारतका रोहित शर्माले पनि १० उपाधि चुमेका छन् ।

के यी सबै तथ्यले नै विश्व टी–३० क्रिकेटमा ट्रिनिडाड एन्ड टोबागोको स्थान कहाँनिर छ भनेर प्रस्ट पार पार्दैन र ?

क्रिकेट टी २० क्रिकेट ट्रिनिडाड एन्ड टोबागो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय