+
+

‘सतीदेवी’को टिजर : ‘के हामी लैंगिक समानताको पक्षमा उभिन तयार छौं ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १३:१९

काठमाडौं । मलिका महतको शीर्ष भूमिका रहेको नारीप्रधान फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र दर्शकीय मनोविज्ञानबारे खुलासा गर्छ ।

छोराको आशामा छोरी जन्माइरहने र समाजमा छोरीलाई हेलाको सिकार बनाइने विडम्बनापूर्ण परिस्थितिको कथा फिल्मले पेश गर्छ । फिल्ममार्फत निर्देशक लक्ष्मण सुवेदीले छोरीको अस्तित्व स्वीकार्न मुस्किल मान्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेका छन् ।

फिल्मको कथा मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुम्छ । छोरी भएर पनि छोरासरह उभिएर परिवारलाई जोगाउन र सम्बर्द्धन गर्न भूमिका खेल्ने पात्रको कथा यसमा बुनिएको छ । फिल्मको टिजर र ट्रेलरले यसको कथावस्तुबारे संकेत दिन्छ ।

पछिल्लो समय नारीप्रधान फिल्मले बक्स अफिसमा दबदबा जमाइरहेको बेला ‘सतीदेवी’ आउन लागेको हो । यसअघि आयोजना गरिएका विशेष शोमा समेत मलिकाको अभिनयको प्रशंसा भएको छ ।

फिल्मले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको छ । यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो ।

फिल्ममा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ ।

‘सतीदेवी’ साउन ४ गते रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?