+
+

ओलीले भने : राम जन्मभूमि माडीमै पर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १६:४४

२५ जेठ, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहोर्‍याएका छन् ।

एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?