+
+

भन्सार छली ल्याइएका सामानसहित काठमाडौंबाट ८ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १७:४४

२५ जेठ, काठमाडौं । भन्सार छली ल्याइएका सामानसहित काठमाडौंबाट ८ भारतीयसहित ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश मुजाफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली, ५० वर्षीय सेहेजात गुड्छु, भारत उत्तर प्रदेश मेरठका २६ वर्षीय हुसेन अब्बस, उत्तर प्रदेश मोनौमानका ३१ वर्षीय मि सलमान र रौतहटको चन्द्रनिगाहापुरका २८ वर्षीय दीपक दाहाल छन् ।

उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको हो । बागबजारको न्यू पुर्वेली गेस्ट हाउसमा भारतीय नागरिकले भन्सार छलेर ल्याएको सामान रहेको भन्ने सूचनाका आधारमा सामानसहित उनीहरुलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए ।

पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ । उनीहरुबाट विभिन्न कपडाहरु गरेर जम्मा ९ लाख ७९ हजार रुपैयाँ भन्दा बढीको सामान बरामद भएको छ ।

त्यसैगरी थानकोट बन्जला पेट्रोल पम्पस्थित सडकबाट जाँचका क्रममा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमति प्रदेश ०३–००१ ख १८०८ नम्बरको यात्रुबाहक बसबाट पनि भन्सार छलेर ल्याइएको ३६० किलो काजु बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?