+

टी-२० विश्वकप : आयरल्याण्ड क्यानडासँग पराजित

२०८१ जेठ  २६ गते ५:४२ २०८१ जेठ २६ गते ५:४२
टी-२० विश्वकप : आयरल्याण्ड क्यानडासँग पराजित

२६ जेठ, काठमाडौं । आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ ।

क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटियो ।

आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुई/दुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एक/एक विकेट लिए ।

यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । खराब सुरुवात गरेको क्यानडाका लागि निकोल किर्टोन र श्रेयास मोभ्भाले इनिङ सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए ।

किर्टोन ४९ र मोभ्भा ३७ रन बनाएर आउट भए । पर्गत सिंह १८ र आरोन जोन्सनले १४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्याण्डका क्रेग योंग र ब्यारी म्याकार्थीले दुई/दुई तथा मार्क आदिर र ग्यारेथ डेलानीले एक/एक विकेट लिए ।

क्यानडा पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । समूह एमा अमेरिका ४ अंकका साथ पहिलो स्थानमा छ भने भारत र क्यानडा दुई/दुई अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन् ।

आईसीसी टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय