अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १६० रनको लक्ष्य
![२०८१ जेठ २६ गते ६:५९](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![अफगानिस्तानले न्युजिल्यान्डलाई दियो १६० रनको लक्ष्य](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/Rahmanullah-Gurbaz-afg.jpg)
२६ जेठ, अमेरिका – अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डलाई १६० रनको लक्ष्य दिएको छ । गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो ।
अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४.३ ओभरमा १०३ रनको शतकीय साझेदारी गरेका थिए ।
जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए ।
प्रतिक्रिया 4