+
+

बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री शाहको संयोजकत्वमा समिति गठन   

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते २०:३७
गणेश शाह

२६ जेठ, खोटाङ । खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा हुने राष्ट्रिय बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा समिति गठन गरिएको छ ।

काठमाडौँमा शनिबार आयोजित सरोकार भएकाहरूको भेलाबाट पूर्व विज्ञान तथा प्रविधिमन्त्री शाहको संयोजकत्वमा समिति गठन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा सम्मेलन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहने छ । पूर्वमन्त्री शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गर्नुहुन्छ’, भट्टराईले भने  ।

बाँसको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईले सम्मेलनका लागि सहजीकरण गरिरहेका छन् ।

शनिबारको छलफलमा नेपालमा बाँसको अवस्था, महत्व, उपयोगिता र प्रवर्द्धनमा सरकारले खेल्नुपर्ने भूमिकाको विषयमा विज्ञहरूले आ–आफ्नो धारणा राखेका थिए ।

भेलामा पूर्वमन्त्री कल्याणी साह, काठमाडौँ विश्वविद्यालयका बाँसविज्ञ डा विष्णुमाया केसी, काठमाडौँ वन विज्ञान क्याम्पसका उपप्राध्यापक ड हिमलाल श्रेष्ठ, बाँस अनुसन्धानविज्ञ सन्तोष दाहाल, बाँस व्यवसायी प्रणव श्रेष्ठ, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा चिरञ्जीवी भट्टराई, नवकिरण ऊर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाललगायतको उपस्थिति रहेको थियो । भेलामा बाँसको विकास, व्यावसायिकता तथा बाँस उद्योगमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्रीको प्रवर्द्धन गर्दै आएको छ । उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ भने उत्पादित सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा बाँसकै फर्निचर प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?