+

साफ यू २० च्याम्पियनसिपमा नेपाल समूह ए मा

२०८१ जेठ  २७ गते १३:५७ २०८१ जेठ २७ गते १३:५७
साफ यू २० च्याम्पियनसिपमा नेपाल समूह ए मा

२७ जेठ, काठमाडौं । नेपालमा आयोजना हुने साफ यू २० च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको ‘ड्र’अनुसार आयोजक नेपाल समूह ए मा छ । यस समूहमा नेपालसहित चार टोली छन् भने समूह बी मा तीन टोली छन् ।

समूह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका छन् भने साविक विजेता भारतसहित माल्दिभ्स र भुटान समूह बी मा छन् । साफ यू २० च्याम्पियनसिप आगामी अगष्ट १६ देखि २८ सम्म नेपालमा आयोजना हुँदैछ ।

यसअघि २०२३ मा नेपालमै भएको साफ यू १९ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

अहिलेसम्म भएको पाँच संस्करणमध्ये भारतले ३ पटक र नेपालले २ पटक उपाधि जितेको छ ।

सन् २०१५ र २०१७ मा नेपालले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो । त्यसपछि भारतले लगातार तीन संस्करण जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।

साफ यू २०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय