+
+

झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको जीवितै उद्धार, २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १४:१७

२७ जेठ, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडकाे सकुशल उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको कोइरालाले जानकारी दिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।

पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।

स्थानीय भरत साउदका अनुसार फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ । ‘तार काटेर झारियो भने सीधै मर्ने भए । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदैछ’, उनले भने ।

यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?