+
+

टोकियोको सडकमा अनमोलले महसुस गरेको ‘फ्रिडम’ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १४:४३

काठमाडौं । काठमाडौं सहर कत्तिको ‘स्टार–फ्रेन्ड्ली’ छ भन्ने कुरा बुझ्न अभिनेता अनमोल केसीलाई सोधे हुन्छ । फिल्म सुटिङबाहेक उनी काठमाडौंका सडकमा निस्किएको अहिलेसम्म देखिएको छैन । निस्केपनि अरुले नचिनिने गरी बाहिर जान्छन् ।

छवि लुकाएर सार्वजनिक थलोमा निस्कनु सेलिब्रेटीको बाध्यता हो । हुनसक्छ, यो उनीहरुको लागि ‘स्टारडम मेन्टेन्टन’को एउटा उपाय पनि होला । तर काठमाडौं कत्तिको ‘कलाकारमैत्री’ छ भन्ने कुरा बहसको विषय भने हुनसक्छ ।

हामीले यहाँ चर्चा गर्न खोजेको अनमोलको पछिल्लो इन्स्टाग्राम स्टोरीको हो । जहाँ उनले जापानको राजधानी टोकियोको सडकमा आफूले स्वतन्त्रता (फ्रिडम) प्राप्त गरेको दर्शाएका छन् । सडकको बीचमा हाँस्दै हिंडेका उनी उन्मुक्त भावमा देखिएका छन् र त्यसको क्याप्सन छ– फ्रिडम ।

काठमाडौंका सडकमा उनले नपाएको यो फ्रिडम जापानी सडकमा प्रस्तुत गरेको दृश्य बुझ्न कठिन छैन । एउटा सेलिब्रेटीका लागि यो निकै खुसीको क्षण हो, जसलाई अनमोलले ‘सेलिब्रेसन’ गरिरहेको देख्न सकिन्छ ।

अनमोल यतिबेला आफ्नो पछिल्लो हिट फिल्म ‘फर्की फर्की’को टोकियो प्रदर्शनका लागि जापान पुगेका हुन् । सुयोग गुरुङ निर्देशित यो फिल्मले नेपालमा राम्रो प्रदर्शन गरिरहेको छ । अनमोलको करिअरमा यो निकै राहतको खबर पनि हो ।

लगातार फिल्म प्रचारको व्यस्तता र अन्ततः फिल्मले दिएको राहतबीच टोकियोको सडकमा उनले भनेजस्तो ‘फ्रिडम’को अर्थ महत्वपूर्ण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?