+
+

विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:२१

२७ जेठ, काठमाडौं । विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ ।

महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो ।

आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ ।

 

उनले भने ‘अबदेखि सबै विद्यालयका सटरहरू विद्यालय प्रयोजनकै लागि प्रयोग हुन्छन् । सटर भाडामा नदिँदा विद्यालय सञ्चालनमा आर्थिक भार पर्छ भने त्यसमा महानगरले सघाउँछ ।’ दाहालका अनुसार सटर भाडामा लगाएर विद्यालय सञ्चालन गरिरहेका विद्यालयको अध्ययन गरेर आवश्यक रकम उपलब्ध गराउने तयारी भएको छ ।

महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो । महानगरले त्यस्ता विद्यालयलाई सटर भाडामा लगाउँदा पर्ने आर्थिक भारको विवरण माग्दा पनि बेवास्ता गरेपछि महानगर सटर बन्द गर्न बाध्य भएको दाहालले बताए ।

महानगरले विद्यालयका सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरूलाई एक हप्ताभित्र सामान लिएर जाने समय दिएको छ । महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर भाडामा लगाएको शाखाले जनाएको छ ।

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?