+

यमनसँगको खेलअघि किरणले भने : जसरी भए पनि अंक जोड्नुपर्छ

२०८१ जेठ  २७ गते २०:२० २०८१ जेठ २७ गते २०:२०
यमनसँगको खेलअघि किरणले भने : जसरी भए पनि अंक जोड्नुपर्छ

२७ जेठ, काठमाडौं । नेपाली फुटबल टिमका कप्तान किरणकुमार चेम्जोङले २९ जेठमा यमनविरुद्ध हुने खेलमा जसरी पनि अंक जोड्ने बताएका छन् ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले साउदी अरेबियामा यमनसँग खेल्नेछ । उक्त खेलमा जित वा बराबरी खेलेर अंक जोड्ने कप्तान चेम्जोङले बताए ।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म प्वाइन्टलेस छौं, प्वाइन्ट लियौं भने एसियन कप छनोटका लागि प्लस हुन्छ, प्वाइन्ट लिएर खेल सक्नुपर्छ भन्ने छ ।’

नेपालले समूह बी को अन्तिम खेल अन्तर्गत मंगलबार यमनसँग खेल्दा किरणले राष्ट्रिय टिमबाट १०० औं खेल खेल्नेछन् । सन् २००८ मा नेपालको लागि डेब्यु गरेका किरण दुर्लभ र ऐतिहासिक उपलब्धि नजिक छन् । किरणले देशको जर्सी लगाएर खेल्न पाउनु गर्वको क्षण भएको बताए ।

‘देशका जर्सी लाउनु भनेको मेरो लागि प्राउड मोमेन्ट हो, जर्सी लगाउँदा राष्ट्रिय गान गाउँदा देशका लागि फाइट गर्नुपर्छ भन्ने फिलिङ आउँछ’, उनले भने ।

विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणमा नेपालले खेलेका पाँचवटै खेफमा हार बेहोरेको थियो । नेपाल विश्वकप छनोट यात्राबाट भने बाहिरिसकेको छ । नेपालले अब एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

किरणकुमार लिम्बु फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय