+
+

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असार ११ देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:३२

२८ जेठ, काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो राष्ट्रिय महाधिवेशन असार ११ देखि १३ सम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

२०५५ सालमा स्थापना नेपाल आदिवासी जनजाति संघको स्थापना भए पनि हालसम्म महाधिवेशन हुन सकेको छैन ।

महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जातीय संघका अध्यक्षहरु, महासंघका प्रदेश अध्यक्षहरु र काठमाडौ, भक्तपुर र ललितपुरका महसंघका अध्यक्षहरु रहेको १०१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक केन्द्रीय सदस्य, पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयम सेवक परिवालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केन्द्रीय सदस्य ,केशाङमु शेर्पा आवास तथा भोजन व्यावस्थापन उपसमिति केन्द्रीय सदस्य संयोजक, टोपबहादुर थापामगर, मञ्च व्यावस्थापन उपसमिति–केन्द्रीय सदस्य संयोजक – मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघ, अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य, रेनुका काउचा मगर रहेका छन् ।

महासंघले आदिवासी समुदायलाई नेपाली कांग्रेससंग जोड्न ‘आज अभियान’ अभियान सञ्चालन गरेको छ । माउ पार्टी नेपाली कांग्रेसले महाधिवेशन गर्न दिएको समय सीमा असार १५ सम्म रहेकोले समय सीमामा नै महाधिवेशन सम्पन्न गर्न लागेको अध्यक्ष घर्तीमगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?