+
+

सुदूरपश्चिममा एमाले र माओवादीबाट को को बन्दैछन् मन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १४:४१
माथिल्लो लहरको बायाँबाट क्रमश: एमाले सांसदहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्की । तल्लो लहरमा बायाँबाट क्रमश: माओवादी सांसदहरु अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिक ।

२८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ ।

एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।

भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।

नाउपा मन्त्रालय विभाजनको विपक्षमा

मुख्यमन्त्री सोडारीले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका बेला उनकै क्याबिनेटका मन्त्री विपक्षमा उभिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षबाट सरकारमा गएका चौधरीले मन्त्रालय फुटाउनहुन्न भन्ने पक्षमा पार्टी र आफू रहेको बताए ।

‘हाम्रो कुरा मन्त्रालय फुटाउनुहुन्न भन्ने हो । त्यो गर्दा राज्यको व्ययभार बढ्छ । स्रोत, साधन जनशक्ति व्यवस्थापन गर्न गाह्रो हुन्छ’, चौधरीले भने, ‘मन्त्रालय टुक्रयाउने भए सरकारबाट बाहिर आउनुहोस् भन्ने खालका सुझाव पनि पार्टीबाट आइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?