+
+

‘नालापानी’ जस्ता फिल्मलाई राज्यले सघाउनुपर्छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १५:४३

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘नालापानी’जस्ता फिल्मलाई राज्यले सघाउनुपर्ने बताएका छन् ।

निर्माता तथा निर्देशक रिमेश अधिकारीसँगको भेटमा सभामुखले नेपालको वीरतापूर्ण इतिहास बोकेका यस्ता फिल्मलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

साउन १८ देखि पुनः प्रदर्शन हुन लागिरहेको ‘नालापानी’को प्रचारप्रसारका क्रममा निर्देशक अधिकारीले सभामुख घिमिरेसँग भेटेका हुन् । उनले दलका नेतालाई पनि यो फिल्म देखाउने तयारीमा छन् ।

सभामुखसँगको भेटमा आफूले नेपालकै गर्विलो इतिहास भएकाले यो फिल्मलाई राज्यले पूर्ण सहयोग गरिनुपर्ने आग्रह गरेको बताए । त्यसक्रममा सभामुख घिमिरे सकारात्मक रहेको र आफूले सक्दो सहयोग गर्ने वचन दिएको समेत अधिकारीले बताए ।

फिल्म हेरेर पुनः छलफल गर्ने र के-कस्तो साथ सहयोग गर्ने, त्यहीं छलफलबाट निर्णय गर्ने वचन दिएको निर्देशक अधिकारीले बताए । यो फिल्म यसअघि पनि रिलिज भइसकेको छ । पुनः प्रदर्शनको समयमा फिल्मलाई बाँकी दर्शकमाझ लैजाने अधिकारीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?