+
+

सेन्चुरी बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १६:५९

२८ जेठ, काठमाडौं । कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोपमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । यसअघि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित ८ जनालाई पक्राउ गरिएको थियो ।

सुनसरीको धरानबाट अभिषेक बज्राचार्य पक्राउ परेसँगै पक्राउ गर्नेको संख्या ८ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यसअघि सीआईबीले श्रेष्ठसँगै बैंकको सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र क्याड शाखाका प्रमुख शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो ।

कमसल धितो राखेर कर्जा प्रवाह

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २)८) मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए ।

देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको आरोप उनीहरुमाथि छ ।

उनीहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ । उक्त ऋण धितोभन्दा (७ करोड ४१ लाख ७) हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो ।

उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?