+
+

कलाकारहरूले पनि राजनैतिक सचेत राख्न जरूरी छ : सांसद गोसाई

रासस रासस
२०८१ जेठ ३० गते ७:१४

३० जेठ, भक्तपुर। बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले संस्कृति, परम्परा तथा कला समाजको हितका लागि हुनुपर्ने बताएका छन् ।

निओ फ्युजन बाजा समुह र नवदुर्गा धिमे खलःको बाँसुरी तथा पछिमा तालिमको प्रमाणपत्र वितरण गर्दै उनले सांस्कृतिक रुपले सचेत भएका संस्कृतिकर्मी तथा कलाहरुले राजनैतिक तवरले पनि सचेत हुन जरूरी रहेको बताए ।

उनले भने, ‘ हामी सांस्कृतिक रुपले सचेत भएका छौं। तर राजनीतिक रुपमा पनि संस्कृतिकर्मी तथा कलाहरुले सचेत हुन जरूरी हुने बेला आइसकेको छ। हामी राजनीतिक सचेतनामा चनाखो हुनुपर्छ।’

उनले विगतका इतिहासमा राजनैतिक सचेतना नभएकाले मल्लकाल पतनको संघारमा पुगेको बताए । ‘इतिहासका पानाबाट हेर्दा मल्लकालको पतन हुनुमा राजनीतिक चेत नभृर नै हो। यस्तै परम्परा तथा संस्कृतिक रुपमा मात्र बलियो भए पनि राजनैतिक रुपमा सचेत नभएका कारण इतिहासमा पटक-पटक धोखा खान परेको थियो भने मल्लकालको साम्राज्य पतन हुन पुगेको थियो।’ अब ती कुरालाई मनन गर्दै राजनैतिक चेतका साथ अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

नवदुर्गा धिमे बाजा खलःका अध्यक्ष बालगोपाल बनमालाले भक्तपुरमा घरघरका सदस्यहरुले बाजागाजामा निपुन्न होस् भनी तालिम दिदै आइरहेको बताए । भक्तपुरका कुनाकाप्चासम्म पनि गई तालिम दिदै आइरहेको र आवश्यक भए जुन पनि क्षेत्र तथा जिल्लामा पनि गई तालिम सञ्चालन गर्न तयार रहेको उनले बताए । संस्कृति र परम्पराले गर्दा नै हामी जीवित रहेको र नयाँ इतिहासको पानामा नाम रचेको उनले बताए ।

अतिथि निओ फ्युजन बाजा समुहका अध्यक्ष सविन लेवाले विगतमा कम्प्युटर कक्षाले पाएको निःशुल्क तालिमले आफू बाजामा समावेश भएको बताउदै हाल प्रशिक्षकको रुपमा बस्न पाउदा निकै खुसि लागेको र आगामी दिनहरुमा बाजालाई आफ्रना गन्तव्यको एउटा बाटो बनाएको बताए ।

विगत ७ वर्षदेखि आफुले अरुलाई सिकाउदै आइरहेको उनले जनाए । निओ फ्युजन स्कुल अफ कम्प्युटरबाट हालसम्ममा दुई सय १० जनालाई बाजा सिकिसकेको उनले सम्झे ।

अतिथि ४ महिने बाँसुरी बाजा प्रशिक्षक यजु आचार्यले आफुले कलेजबाट सिकेका अहिले प्रशिक्षक रुपमा भूमिका खेल्न पाउदा खुसी भएको बताइन् । विधिवत रुपमा परम्परागत रुपमा पिढानेगु (सार्वजनिक हुने) कार्यमा आफू पहिलो पटकको अनुभवले निकै कुराको ज्ञान पाएको र उक्त ज्ञान कलेजका कितावले सिकाउन नसकेको तर यहाँबाट सिकेको उनले सुनाइन् । तालिमलाई मर्माहत बनाउन निरन्तर प्रयासको आवश्यकता रहेको उनले बताइन् ।

कार्यक्रमका संयोजक उमेश कर्माचार्यले आफूले कार्यक्रममा संयोजन राम्रो गर्न नसके पनि प्रतिक्रिया राम्रो र सोचेको भन्दा राम्रो भएको बताए ।

पछिमाका प्रशिक्षक रकी त्वायनाले दाफाबाट सिकेका कुरा यहाँ संस्थामा जातगुठी पनि नछुटाइकन तालिम दिन पाउदा नयाँ कुराको अनुभव भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?