+
+

१० महिनामा भुक्तानी सन्तुलन ४ खर्ब बचतमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १७:३३

२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिना तथ्यांकको आधारमा वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भुक्तानी सन्तुलन करिब ४ खर्बले बचतमा पुगेको जनाएको छ ।

चैत मसान्तमा ३ खर्ब ६५ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा पुगेको छ ।

आयात र निर्यात दुवै व्यापारमा देखिएको शिथिलताले व्यापार घाटामा भएको कमी तथा रेमिट्यान्समा देखिएको उल्लेख्य वृद्धिले चालु आर्थिक वर्षको सुरुवतादेखि नै शोधनान्तर बचत लगातार बढ्दै गएको छ ।

गत आर्थिक वर्षको वैशाख शोधनान्तर स्थिति मसान्तमा २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

यस्तै चालु खाता बचत करिब २ खर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको १० महिनामा करिब ६४ करोडले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९३ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर घटाउँदा समेत चालु खाता बचतमा हुँदा निक्षेप उललेखय रुपमा बढेको छ ।

यस अवधिमा पूँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम हुँदा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?