+
+

एमाले गुल्मीको जिल्ला अधिवेशनको आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते ९:१२

२९ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनको आजदेखि सुरु हुँदैछ ।

बुधबारसम्म  चल्ने जिल्ला अधिवेशनको तयारी पूरा भएको नेकपा एमाले गुल्मीका सचिव एवम् प्रचारप्रसार विभाग प्रमुख गणेश श्रीपालीले जानकारी दिए ।

जिल्ला सदरमुकाम तम्घासमा हुन लागेको अधिवेशनको लागि नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, गुल्मी जिल्ला इन्चिार्ज सूर्य थापा केन्द्रीय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागी हुनेछन् ।

अधिवेशनमा जिल्लाभरबाट करिब ७०० प्रतिनिधि सहभागी हुने सचिव श्रीपालीले बताए ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।

गुल्मीमा १० हजार बढी संगठित सदस्य रहेको एमालेको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?