+
+

मधेशको नीति कार्यक्रम : हरेक ४ बिघामा एउटा बोरिङ, मधेश आईटी पार्क (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते २०:४१

२९ जेठ, जनकपुरधाम। मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद, पर्यटन आदि क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

कृषि क्षेत्रको प्रवर्द्धनका लागि एक पालिका एक कृषि उत्कृष्टता केन्द्र निर्माण गर्नेदेखि मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवासम्मका कार्यक्रम सरकारले ल्याएको छ ।

मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम, घुमौ मधेश बुझौ मधेश भन्ने मूल नाराका साथ पर्यटन वर्ष, अटोमेटिक ट्रायल सेन्टर स्थापना, एक क्षेत्र एक पक्की पूलको नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ ।

यस्तै बरोजगारी समस्या न्यूनिकरणका लागि निर्वाचन क्षेत्र एक रोजगार प्रवर्द्धन केन्द्र, ‘हरेक पालिकामा कृषि विद्युतीकरण, ‘पूर्ण साक्षर मधेश प्रदेश-साक्षरता अभियान, ‘हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरणसहितको मोबाइल एम्बुलेन्स, ‘हरेक पालिकाको सांस्कृतिक झल्को देखिने माटो पार्क निर्माण गर्ने सरकारको नीति रहेको छ ।

⁠हरेक पालिका एक एग्रोभेट, करोड़ वृक्षारोपण अभियान, ⁠मधेश स्वयंसेवक कोर, ⁠चुरे संरक्षण तथा पानी रिचार्ज, ⁠मधेश प्रिमियर लिग,  मधेश इतिहास पार्क, ⁠मधेश लगानी सम्मेलन, ⁠मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, ⁠मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, ⁠स्किल टेस्ट सेण्टर,  ⁠प्रादेशिक कृषि औजार केन्द्र,  ⁠मधेश स्टार्ट अप र इन्नोभेसन सेन्टर, टिच फर मधेश, ⁠हरेक ४ बिघामा १ बोरिङ कार्यक्रम, मधेश आईटी पार्क निर्माण गर्ने सरकारको नयाँ कार्यक्रम छ ।

यस्तै ⁠प्रशासनिक सुधार र सुशासन,  ⁠लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम,  मुख्यमन्त्री सुशासन अनुसन्धान फेलोसिप कार्यक्रम,  ⁠भिजिट मधेश पर्यटन कार्यक्रम, ⁠मुख्यमन्त्री प्राकृतिक विपद बीमा कार्यक्रम र ⁠एक पालिका एक कृषि लाइब्रेरी नीति तथा कार्यक्रम रहेको छ ।

हेर्नुहोस मधेशको नीति तथा कार्यक्रमको पूर्णपाठ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?