+

यमन विरुद्ध सन्जिवले गरे बराबरी गोल

२०८१ जेठ  ३० गते ०:१९ २०८१ जेठ ३० गते ०:१९
यमन विरुद्ध सन्जिवले गरे बराबरी गोल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले यमन विरुद्ध बराबरी गोल फर्काएको छ । साउदी अरेबियाको दम्मानमा भइरहेको खेलमा नेपालका लागि सन्जिव विष्टले २२औं मिनेटमा बराबरी गोल गरेका हुन् ।

त्यसअघि आठौं मिनेटमै नासेर अल गाहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

छनोटको दोस्रो चरणको समूह एचमा रहेको नेपालको यो पहिलो गोल हो । यसअघिको पाँच खेलमा नेपालमा पराजित हुँदा गोल गर्न सकेको थिएन ।

यस्तै नेपाली टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले पनि यसै खेलबाट एक सयौँ खेल पूरा गरेका छन् । उनले नेपालका लागि एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने दुर्लभ कीर्तिमान बनाएका हुन् ।

नेपाल फुटबल विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय