+

नेपालको लागि पहिलो गोल गर्न पाउँदा खुशी छु : सन्जिव विष्ट

२०८१ जेठ  ३० गते ७:४९ २०८१ जेठ ३० गते ७:४९
नेपालको लागि पहिलो गोल गर्न पाउँदा खुशी छु : सन्जिव विष्ट

३० जेठ, काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको समूह एचको अन्तिम खेलमा नेपालले यमन विरुद्ध गोल र अंक दुवैको खडेरी तोड्यो ।

सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

त्यसमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी थिए सन्जिव विष्ट ।

एक गोलले पछि परेको स्थितीमा सन्जिवले २२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काएका थिए । एसियन कपको छनोट समेत रहेको छनोटको दोस्रो चरणमा नेपालले पाँ खेलपछि गोल गरेको हो ।

दोस्रो चरणमा गोलको खडेरी तोड्दै नेपालका लागि आफ्नो पहिलो गोल गर्न पाउदा खुशी लागेको सन्जिवले बताएका छन् । ‘मलाई एकदमै खुशी लागिरहेको छ । एउटा खेलाडीको लागि आफ्नो राष्ट्रको लागि खेल्नु ठूलो उपलब्धी हो । त्यसमा गोल समेत गर्न सकेँ । अझै खुशी लागेको छ ।’ खेलपछि सन्जिवले पोष्टम्याच कन्फ्रेन्समा भने ।

सन्जिवले गोल गरेपछि जिलेस्पीले ६६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता समेत दिलाएका थिए । तर अन्तिम सममया सम्हालिन नसक्दा यमनले गोल गर्‍यो र खेल बराबरीमा सकियो ।

‘हामीले पाँच वटा खेलमा एक गोल पनि गर्न सकेका थिएनौँ । आज ९० सम्म अग्रता लिएका थियदँ । तर अन्तिम ५ मिनेट रोकिएको भए नतिजा अर्कै हुन्थ्यो,’ सन्जिवले भने, ठिकै छ आज हामीले गोल गर्न सक्यौँ । बराबरी खेलेपनि खुशी लागिराछ ।’

नेपाली टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले पनि यसै खेलबाट एक सयौँ खेल खेल्ने दुर्लभ कीर्तिमान बनाए ।

किरणको सयदँ खेललाई पनि उपलब्धी मुलक बनाउन सबै खेलाडी मोटिभेट भएर लागेको सन्जिवले बताए । उनले सबैको कडा मिहिनेतले नतिजा आएको बताए । ‘आज हामी सबै खेलाडीले किरण दाईको लागि विशेष बनाउने योजना बनाएका थियौँ । सबै जनाको मिहिनेतले नै यो नतिजा आएको जस्तो लाग्छ ।’

नेपालले छनोटको दोस्रो चरणमा ६ मध्ये १ खेलमा बराबरी खेल्दा बाँकी ५ खेलमा पराजित भएको थियो । १ अंकसहित नेपाल समूह एचको पूछारमा रह्यो । विश्वकप छनोटको अर्को चरणको सम्भावना सकिएको नेपालसँगै यमनले अब एसियन कप छनोटको तेस्रो चरणमा खेल्नेछ । यस समूहबाट युएई र बहराइन शीर्ष दुईमा रहँदै फिफा विश्वकप छनोटमा तेस्रो चरणमा पुगेको छ साथै एसिया कप २०२७ को लागि सिधै छनवट भइसकेको छ ।

दोस्रो चरणको ९ समूहको शीर्ष दुई टोली गरी कूल १८ टोली एसियन कपमा छनोट भइसकेको छ ।

नेपाली फुटबल सन्जिव विष्ट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय