+
+

अपाच्य गीत नगाउने ९ जना दोहोरी कलाकारको लिखित प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:०३

काठमाडौं । नौ जना लोक तथा दोहोरीगीतका कलाकारले अभद्र र अपाच्य गायन प्रस्तुति नदिने लिखित प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना कलाकारलाई पत्र काटेरै स्पष्टीकरण सोधेको थियो ।

जसमध्ये तीन जना कलाकारले स्पष्टीकरणको जवाफ दिएका छैनन् । एक साताको स्पष्टीकरणको म्याद बिहीबार सकिंदैछ ।

शर्मिला रायमाझी, शंकर सुनार, नवराज काप्री (धादिङे भाले), सुशीला लामा, तारा थापा, सागर बिसी, सीताराम परियार, सलिना नेपाली र विशाल सोनीले लिखित स्पष्टीकरण बुझाइसकेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

‘नौ जना हाम्रो सम्पर्कमा आउनुभएको छ । सबैले मौलिक गीत संगीतमा प्रतिबद्ध छौं भनेर लिखित प्रतिबद्धता जनाउनुभएको छ,’ अध्यक्ष थापाले भनिन्, ‘उहाँहरुले आइन्दा अपाच्य गीत नगाउने सहमति गर्नुभएको छ ।’

सम्पर्कमा नआएका बाँकी तीन जना कलाकार पनि सम्पर्कमा आउने आशा अध्यक्ष थापाले व्यक्त गरिन् । ‘उहाँहरुले निर्धारित मितिभित्रै जवाफ नदिए पुनः पत्र काट्छौं,’ उनले भनिन् ।

अपाच्य प्रस्तुतिमार्फत दोहोरीमा विकृति भित्र्याएको भन्दै प्रतिष्ठानले केही दिनअघि स्पष्टीकरण मागेको थियो । संस्थाका केन्द्रीय सदस्य गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन समेत गरेको थियो । साथै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर यस विषयमा जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?