+
+

नेपाल क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:११

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् ।

टी-२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’

यस्तो आरोपबारे छानबिन गर्न उनको माग छ ।

उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेचइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराराएर हिड्न परिरहेको गुनासो रहेको छ ।’ यो विषयमा सरकारले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।

खेलाडीको साख बेचेर खेलाडीलाई होटलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रुपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।

उनी थप्छन्, ‘खेलाडीले हस्ताक्षर गरेका ब्याग र टिसर्ट मर्याादाहीन ढंगले हिनामिना गरेको भन्ने आएको छ । अमेरिकामा बस्न नेपालीबट पैसा उठाएर क्यानको खातामा नराखेर दुरुपयोग गरेको भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?