+
+

विपन्न नागरिक अस्पताल खोल्ने माओवादी सांसदको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:२३

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपन्न नागरिक अस्पताल खोल्ने प्रस्ताव राखेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गरिब नागरिकको अस्पतालमा पहुँच नरहेको बताए । सरकारी अस्पतालमा समेत पहुँचवालाकै पहुँच रहेको उल्लेख गर्दै उनले गरिबहरुको मात्रै उपचार गर्ने गरी छुट्टै अस्पताल खोल्नुपर्ने बताएका हुन् ।

‘विपन्न नागरिकहरुलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार गर्नका लागि विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?