+
+

सुन तोलामा ६ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:३०

३० जेठ, काठमाडौं । दुई दिन लगातार स्थिर रहेको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६ सयले बढेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार र सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँमा स्थिर थियो । आइतबार पनि यही भाउ कायम थियो । गत शुक्रबार भने १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार बुधबार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ८ सय २० रुपैयाँ पुगेको छ । मंगलबार १ हजार ८ सय १५ तथा सोमबार र आइतबार १ हजार ८ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?