+
+

खानेपानी र पुस्तकालयको बजेटमा भ्रष्टाचार, प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १४:४१

३० जेठ, काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा चलाएको छ ।

अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनका लागि शिक्षा विभागबाट अनुदान पाएको रकमबाट पुस्तकालय नै स्थापना नगरेको भन्दै अख्तियारले प्रधानाध्यापक कृष्णहरि भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा खानेपानी व्यवस्थापनको लागि पाएको रकमबाट कुनै काम नगरेको भन्दै व्यवस्थापन समिति अध्यक्ष गोपालप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले पुस्तकालयको मुद्दामा शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले प्रधानाध्यापक भट्टराईविरुद्ध ४ लाख ६० हजार ४५५, शाक्यविरुद्ध ४ लाख १० हजार ४५५, व्यवस्थापन समिति अध्यक्ष अधिकारीविरुद्ध ३ लाख ४३ हजार र तत्कालीन शिक्षक लालबाबु पण्डितसँग ३ लाख ४३ हजार बिगो दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?