+
+

हाइपर फण्डको नाममा भएको ठगी प्रकरणमा थप १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १६:२५

३० जेठ, काठमाडौं । हाइपर फण्ड (नाम परिवर्तन भएर हाल हाइपर भर्स) काममा ठगी गरेको आरोपमा बुधबार थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङ घर भएका कृष्णकान्त भण्डारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले भण्डारीलाई पक्राउ गरिएको पुष्टि गरे । भण्डारी पक्राउ परेसँगै हाइपर भर्सका नाममा भएको ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या २ पुगेको छ ।

यसअघि २० वैशाखमा ललितपुरकी काजल भनिने नानु घिमिरे पक्राउ गरेकी थिइन् । हाइपर भर्सका नाममा नेटवर्किङ खडा गरेर ४० करोसम्म ठगी गरेको पाइएको सीआईबीले जनाएको छ ।

हाइपर भर्स क्रिप्टोकरेन्सीजस्तै अनलाइन बिजनेस हो । यसमा लगानी गर्न सुरुमा एप डाउनलोड गरेर अकाउन्ट खोलिन्छ । अकाउन्ट खोलेपछि कम्तीमा ३ सय अमेरिकी डलर (४० हजार नेपाली) बाट लागनी सुरु हुन्छ ।

लगानी गरेपछि तेब्बरसम्म आम्दानी हुने आश्वासन देखाएर ठगी गर्ने गरिएको एसपी बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?