+
+

९४ प्रतिशत वडामा अझै बनेनन् बालगृह

देशभर ९४ प्रतिशत वडामा अझै बालगृह बन्न नसकेको तथ्यांकमा देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १७:१५

३० जेठ, काठमाडौं । देशभर ९४ प्रतिशत वडामा अझै बालगृह बन्न नसकेको तथ्यांकमा देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ४ सय ३१ वटा वडामा मात्र बालगृह सञ्चालनमा छन् । यो कुल वडाको ६.४ प्रतिशत मात्र हो ।

एक देखि २ वटा बालगृहको सुविधा भएका वडाको संख्या देशभर ५.४ प्रतिशत मात्र रहेको छ । ३ देखि ४ वटा हुने वडा ०.४ प्रतिशत र ५ देखि ९ वटा बालगृह सञ्चालनमा रहेका वडाको संख्या ६ वटा मात्र रहेको देखिएको छ । देशभर ६ हजार ३१२ अर्थात् ९३.६ प्रतिशत वडामा भने कुनै पनि बालगृहको सुविधा छैन ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बालगृह हुने बागमती हो भने सबैभन्दा कम सुविधा भएको प्रदेश मधेश हो । मधेशमा २५ वटा वडामा मात्र यो सुविधा रहेको छ ।

तथ्यांक कार्यालयका अनुसार वृद्धाश्रमको सुविधा रहेको वडाको संख्या पनि ४३७ वटा मात्र देखिन्छ । देशभर ६ हजार ३ सय ६ वटा वडाले वृद्धाश्रम सञ्चालनमा ल्याउन सकेका छैनन् । धेरै वृद्धाश्रम बागमती र सबैभन्दा कम कर्णालीमा रहेको तथ्यांकमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?