+
+

देशभरिका ३२ प्रतिशत वडामा मात्र छन् सार्वजनिक शौचालय 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १७:३१

३० जेठ, काठमाडौं । देशभरिका ३२ प्रतिशत वडामा मात्र सार्वजनिक शौचालयको सुविधा रहेको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ६ हजार ७ सय ४३ वडामध्ये ३१.७ प्रतिशत वडामा मात्र सार्वजनिक शौचालयको सुविधा छ ।

सबैभन्दा धेरै गण्डकी प्रदेशमा सार्वजनिक शौचालयको सुविधा रहेको पाइएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ ।

स्थानीय सरकार र राज्यको खुला दिसामुक्त अभियानका लागि यो एउटा प्राथमिकताको क्षेत्र हुन सक्ने समेत कार्यालयले उल्लेख गरेको छ ।

तथ्यांक कार्यालयका अनुसार वधशालाको सन्दर्भमा समेत व्यवस्थित वधशाला अझै विस्तार हुन नसकेको देखिन्छ ।

सहरी क्षेत्रको सरसफाइ र स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्ने वधशाला देशभरिका कुल ९.१ प्रतिशतमा मात्र उपलब्ध रहेको देखिन्छ ।

वधशालाको संख्या लुम्बिनी र बागमतीका १० प्रतिशत वडामा मात्र सुविधा रहेको छ । नेपालका ९१ प्रतिशत वडाहरूले भने अझै पनि व्यवस्थित वधशाला सञ्चालनमा ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?