+
+

चितवनको कालिका नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १८:०२

३० जेठ, चितवन । चितवनको कालिका नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।

भरतपुर आँखा अस्पतालको सहकार्यमा पालिकाभित्रका बिरामीहरुलाई आँखाको उपचारका लागि सहजता होस् भन्ने भनेर केन्द्र स्थापना गरिएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले जानकारी दिए ।

कालिका नगरपालिका–६ मा स्थापना गरिएको केन्द्रमा नगरपालिकाका ११ वडा र इच्छाकामना गाउँपालिका तथा रत्ननगर नगरपालिका सीमा क्षेत्रका आँखाको समस्या भएका बिरामीले उपचार लिन सक्ने नगर प्रमुख रेग्मीले बताए ।

आँखाको सामान्य समस्याका लागिसमेत भरतपुर धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य राखेर आँखा उपचार केन्द्र खोलिएको भन्दै नगर प्रमुख रेग्मीले आगामी दिनमा उपचारका सहजता आउने विश्वास पालिकाले लिएको बताए ।

नगर प्रमुख रेग्मीले नजिकै उपचार केन्द्र भएपछि आँखाको जाँच गराउन बेलाबेलामा जान र सुविधा उपभोग गर्न नगरबासीलाई अनुरोध गरे । अहिले केन्द्रमा १ जना नेत्र सहायक र १ जना डिस्पेन्सरले सेवा प्रदान गर्ने र आवश्यकता अनुसार जनशक्ति थप गर्दै लैजाने सूचना अधिकारी घिमिरेले बताए ।

आँखा अस्पतालले जिल्लाका सबै पालिकाका एक–एक वटा आँखा उपचार केन्द्र खोल्ने नीतिअनुसार नगरपालिकासँग समन्वय गरेर केन्द्र सञ्चालन गरिएको हो । केन्द्रलाई पालिकाले ५ बर्षसम्म बार्षिक ६ लाख रकम सञ्चालन तथा व्यवस्थापनका लागि दिने जनाइएको छ ।

केन्द्रमा आँखाको दैनिक जाँच, चश्माको जाँच तथा बिक्रीवितरण यहीँबाट हुनेछ । आँखा सम्बन्धी ८० प्रतिशत समस्याको उपचार केन्द्रबाट हुने र बाँकी २० प्रतिशतलाई भरतपुर आँखा अस्पतालमा रिफर गरिने अस्पतालका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

आँखाको सामान्य समस्या लिएर भरतपुर आउनुपर्ने र लामो लाइनमा बस्नुपर्ने झञ्झटबाट नगरबासीले मुक्ति पाउने अपेक्षा अस्पतालले गरेको घिमिरेले बताए । उनका अनुसार यो आँखा अस्पतालको २२ औं केन्द्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?