+

वेष्टइन्डिजले दियो न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य

२०८१ जेठ  ३१ गते ८:१४ २०८१ जेठ ३१ गते ८:१४
वेष्टइन्डिजले दियो न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य

३१ जेठ, काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले न्यूजिल्याण्डलाई १५० रनको लक्ष्य दिएको छ ।

ब्रेन लारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले शेरफेन रदफोर्डको अर्धशतक मद्दतमा १४९ रन बनाएको हो ।

खराब सुरुआत गरेको वेष्टइन्डिजका लागि ६ नम्बरमा आएका शेरफेन रदफोर्डले ६८ रनको अविजित इनिङ खेल्दै राम्रो स्कोर बनाए ।

अन्य ब्याटर निकोलस पुरनले १७, अकिल हुसैनले १५, आन्द्रे रसेलले १४, रोमारियो शेफर्डले १३,  ब्रेन्डन किंगले ९ र अल्जारी जोसेफले ६ रन बनाएर आउट भए ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, टिम साउथी र लोकी फर्गुसनले दुई तथा जेम्स नीशाम र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि भएका खेलमा वेष्टइन्डिजले युगान्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो भने न्युजिल्याण्ड अफगानिस्तानसँग पराजित भएको थियो ।

अंकतालिकामा वेष्टइन्डिज ४ अंकसहित दोस्रो स्थानमा छ । अंकविहीन न्यूजिल्याण्ड पुछारमा छ ।

आईसीसी टी-२० विश्वकप वेष्टइन्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय