+

एएफसी यू-१७ एसियन कप छनोट : जापान र कतारसँग एकै समूहमा नेपाल

२०८१ जेठ  ३१ गते १३:१५ २०८१ जेठ ३१ गते १३:१५
एएफसी यू-१७ एसियन कप छनोट : जापान र कतारसँग एकै समूहमा नेपाल

३१ जेठ, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल कठिन समूहमा परेको छ ।
एसियाली फुटबल महासंघले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल एसियाको पावर हाउस जापान र कतारसँगै एकै समूहमा छ ।

नेपाल रहेको समूह एफमा जापान, कतार र मंगोलियास्ँग प्रतिस्पर्धा गर्नेछ । यस समूह चरणका सबै खेलहरु कतारमा हुनेछ । छनोटका खेलहरु आगामी अक्टोबर १९ देखि २७ सम्म हुनेछ ।

छनोटमा एसियाका ४३ टिमलाई १० समूहमा विभाजन गरिएको छ । तीन समूहमा ५-५ तथा ७ समूहमा ४-४ टिम समावेश छन् ।

एएफसी यु-१७ एएफसी यु-१७ एसियन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय