+
+

गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना देखिएन : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १५:२४

३१ जेठ, काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले जुन मन्त्रालयले जे काम गर्नुपर्ने हो, बजेटमा त्यो काम नदेखिएको टिप्पणी गरेका छन् ।

उद्योग मन्त्रालयसँग रोजगारीको, गरिबी निवारण मन्त्रालयसँग गरिबको योजना नदेखिएको उनको भनाइ छ ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’, उनी भन्छन्, ‘सरकारी मन्त्रालयको बजेट त आयो । अब सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् ? सरकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन ?’

यस्तै अवस्था स्वास्थ्य मन्त्रालयको पनि बजेट रहेको उनको भनाइ छ ।

उनका अनुसार सरकारी अस्पतालमा औषधि हुँदैन । भएपनि सस्तो औषधि र कम औषधि मात्रै हुन्छन् । उनले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन । निजी अस्पतालमा मनोमानी छ ।’

स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । ‘स्वास्थ्य बीमा लिन हैरानी छ । स्वास्थ्य बीमा मजाक बनेको छ’, उनले भने

नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले थपे, ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’

भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?