+
+

सुविधामा कर बढेपछि देशव्यापी आन्दोलनमा बीमा दर्ता सहयोगी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १६:२९

३१ जेठ, विराटनगर । स्थानीय तहमा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीले आन्दोलन सुरु गरेका छन् ।

बीमा गर्दा प्राप्त हुने रकममा लाग्ने कर १ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेपछि स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका क्रममा उनीहरुले कसिमनको साट्टा न्यूनतम बेतनको माग गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डले बीमा गर्दा दर्ता सहयोगीलाई दिने कमिसन बेरुजू देखाएको बोर्डले १५ प्रतिशत कमिसन कटौती गर्न थालेको थियो ।

१५ प्रतिशत कटौतिको विरोधमा दर्तासहयोगीले मंगलबारबाट नियमित आन्दोलन सुरु गरेका हुन्। बिहीबार उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरे ।

दर्ता सहयोगीहरुले दर्ता सहयोगी पद हटाई उचित पदको नामाकरण गर्नु पर्ने, योगदान रकममा २५ प्रतिशत वृद्धि गरी त्यसको १५ प्रतिशत कर कट्टी गर्नुपर्ने, मसलन्द समाग्रीसँगै पोसाकको पनि माग गरेका दर्ता सहयोगीले ज्येष्ठ नागरिक र लक्षित वर्गको नविकरण हुँदा दर्ता सहयोगीलाई कमिसन उपलब्ध गराउनुपर्ने र सेवाग्रहीले अनलाइन नविकरण गरेपनि कमिसन रकम दर्ता सहयोगीले पाउनुपर्ने माग गरेका छन् ।

उनीहरुले कमिसन सुविधा वृद्धि नगर्ने भए न्यूनतम तलबसहित १० प्रतिशत कमिसन तोक्न पनि माग गरेका छन् । माग पूरा नभएका कारण आन्दोलनमा उत्रिएको स्वास्थ्य बीमा दर्ता सहयोगी कोशी प्रदेशककी संयोजक गंगा सुवेदीले बताइन्। महालेखाका कारण स्वास्थ्य बीमा दर्ता सहयोगीलाई काम गर्नका लागि निरुत्साहित गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?